मलाई नाङगै देख्नुहुनेछ तर वास्तवमा मैले कपडा लगाएकी छु : राय लक्ष्मी

218

मुम्बइ। फिल्म उद्योगमा हुने यौन शोषणको विषयमा बनाइएको फिल्म जुली–२ की हिरोइन राय लक्ष्मीले फिल्ममा कतिपय दृश्यमा आफूलाई पूरै नाङगै देखिए पनि ती दृश्यमा आफूले कपडा लगाएको दावी गरेकी छिन् । साउथ फिल्म उद्योगकी चर्चित हिरोइन राय लक्ष्मीको यो पहिलो बलिउड फिल्म हो ।

उनले एक अन्तरवार्तामा उनले यस्तो रहस्य खोलेकी हुन् । अन्तरवार्तामा उनले फिल्म उद्योगमा यौन शोषण हुने कुरालाई पनि स्वीकारेकी छिन् । उनले यस्तो शोषण फिल्म क्षेत्रमा मात्र नभइ अन्यत्र पनि हुने बताएकी छिन् । उनले फिल्मको विषयवस्तुअनुसार सुटिङ एकदमै सही भएको बताइन् । उनले भनिन् ‘फिल्मको कथाअनुसार म नाङगै हुनुपर्ने थियो । फिल्ममा दर्शकले पनि मलाई नाङगै देख्नुहुनेछ तर वास्तवमा मैले कपडा लगाएकी छु ।’