महंगी र जिबन

54

आजभन्दा करीव ६ वर्षअघि प्रतिकिलो ३० रुपैयाँको हाराहारीमा चामल किन्न पाइन्थ्यो । अहिले सामान्य चामलको मूल्य प्रतिकिलो ६० देखि ७० रुपैयाँको हाराहारीमा छ । त्यसैताका प्रतिकिलो आलुको मूल्य करीव २० रुपैयाँ थियो । अहिले यही आलुको प्रतिकिलो करीव ५० रुपैयाँको हाराहारीमा छ । त्यस्तै चिनीको मूल्य प्रतिकिलो ५५ रुपैयाँको हाराहारीमा थियो । करीव ३ वर्षपछि अहिले त्यही चिनीको मूल्य प्रतिकिलो ८५ रुपैयाँ पुगिसकेको छ । यी त उदाहरणमात्र हुन, पछिल्ला वर्षहरूमा उपभोग्य वस्तुहरूमा भएको मूल्यवृद्धिका ।

दैनिक उपभोग्य खाद्य वस्तुसँगै पछिल्ला वर्षहरूमा लत्ताकपडा, मेसिनरी लगायतका वस्तुको मूल्य पनि सोही अनुपातमा बढेर गएका छन् । तर, आजभन्दा ५÷६ वर्षअघिसम्म सामान्य श्रमजिवीको तलव त्यति नै अनुपातमा बढेको छैन, जति दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । विगत ६÷७ वर्षको अवधिमा प्रायः उपभोग्य वस्तुको मूल्य झण्डै दोब्बरले बढेको छ । तर, सोही अनुपातमा सामान्य मानिसको आम्दानी भने बढेको छैन । ‘हामी उपभोग गरिरहेको वस्तुको भाउ हिजोको भन्दा हृवात्तै बढ्यो भने त्यसले वाषिर्क औसत मूल्यवृद्धिमा त्यति प्रभाव नरहन सक्छ, नेपालीले औसत कति आम्दानी गर्छन् र त्यसको तुलनामा यहाँको खर्चको अवस्था कस्तो छ त ? र, यस्तो आम्दानीले यहाँको खर्च धान्न सम्भव छ कि सक्दैन ? यस विषयमा विगत लामो समयदेखि सरकारले कुनै सर्वेक्षण नै गरेको छैन ।

सरकारले करीव सात वर्षअघि नेपाल जीवनस्तर सर्वेक्षण (तेस्रो २०६६÷६७ गरेको थियो । राष्ट्र बैंकका अनुसार नेपालमा मूल्यवृद्धि हुनाका मूलतः तीनवटा कारण छन् । जसमा पहिलो कमजोर आर्थिक प्रणाली अथवा मागको तुलनामा उत्पादन हुन नसक्नु । दोस्रो रेमिटेन्स र अन्तर्रा्ष्ट्रिय बजारमै वस्तुको मूल्य बढ्नु । अहिले मुलुकको अर्थतन्त्र आयातमुखी छ । आयातमुखी अर्थतन्त्रका कारण कुनै पनि वस्तुको मूल्य यहाँको आन्तरिक प्रणालीबाहिर हुन्छ । एकातिर आयात गरिने मुलुकमा मूल्य बढ्नासाथ नेपालमा पनि त्यसको प्रभाव पर्छ भने विनिमय दरमा हुने उतारचडावले पनि मूल्यवृद्धिलाई प्रभाव पार्छ । वस्तु आयात गर्न रेमिटेन्सको ठूलो हिस्सा उपयोग हुने हुँदा त्यसको उपयोगिता अन्य गतिविधिमा कम हुन्छ, यसले पनि मूल्यवृद्धिमा सहयोग र्पुयाउँछ ।