भाषा आधारभूत माग हो : जापानिज डिपार्टमेन्ट चिफ मनी खड्का

661

रोजगारीका लागि जापान जानेलाई एन–५ तहको भाषा आधारभूत आवश्यकता नै हो। जापान र नेपालका अधिकारीबिच यो तहको जापानी भाषा उत्तीर्ण गर्ने मात्र रोजगारीका लागि योग्य हुने कुरामा सहमति भए संगै भाषा पढ्न अहिले बिद्यार्थी विभिन्न कन्सल्टेन्सी र प्रसिक्षण केन्द्रमै जान ब्यस्त छन् । जापानी भाषामा एन–५ तह भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो। केहि महिनाअघि जापानको मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेको थियो। नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटेल तथा आतिथ्य व्यवसाय, कृषि, मत्स्य सङ्कलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्र जापानले आप्रवासी कामदारका लागि खुला गरेको हो।

अहिले जापान जानको लागि जापानिज भाषा प्रसिक्षण केन्द्र स्थापना हुने क्रम पनि बढ्दो छ। तर जापानसम्मको कलेजसंगको समन्वय अनि विद्यार्थीलाई सहजता बनाउने र दक्ष भाषा प्रशिक्षकहरुको बाहुल्यता रहेको बुटवल ट्राफिक चोक स्थित ग्लोबल टिच एजुकेशन कन्सल्टेन्सीमा शनिबार सम्पन्न सेमिनारले विद्यार्थीमा सहजता ल्याएको संचालक मोहन पोखरेलको भनाइ छ । सेमिनारका लागि जापानबाट आएका विभिन्न कलेजमा रहदै आउनुभएका रोयोको एजुकेशन फ़ाउण्डेशन टोकियो डिपार्मेण्ट चिफ मनी खड्कासंग जापानिज भासा प्रसिक्षण किन आवश्यक छ र बिद्यार्थी र अभिभावकले जापान जानुअघि के के कुरामा ध्यान दिनु पर्ला भनेर हामीले गरिएको कुराकानी यसप्रकार छ ।

  • स्वागत छ यहालाई ।।
    धन्यबाद ! तपाइलाइ र जो जापान जानको लागि तयारी गर्दै हुनुहुन्छ उहाहरुलाई बेस्ट अफ लक् ।।
  • कस्ता व्यक्ति जान पाउछन जापान ?
    अहिले नेपाल सरकारसंगको सम्झौतामा यहि नै भन्ने चाइ छैन तर आधारभूत ज्ञानको लागि र आफैमा एउटा सजिलो अनुभूति गर्न र पढ्नको लागि या काम गर्नको लागि चाहिने सामान्य ज्ञानका लागि भाषा सिक्नुपर्ने आवश्यकता छ र कुनै पनि त्रुटि नभएका डकुमेन्ट नै जापान जाने सजिलो आधार हो । त्यसैले पढ्नका लागि हो भने प्लस टु देखि माथिका र काम गर्नका लागि हो भने तोकिएको उमेर या योग्य मानिस जापान जान सक्छ ।. के साच्चिकै जापान गएर काम गर्न पाउने हुन् विद्यार्थीले ?
    अह होइन, पढ्ने कलेज या स्कुल अथवा कुन स्थानमा रहेको छ त्यहाको एजुकेशन मापदण्ड के कस्तो छ बुझेर जानु पर्छ , त्यहाको सरकारले तोकेको मापदण्डमा रहेर विद्यार्थीले पढ्न छुट्टाएको समय बाहेक काम गर्न पाइने हो , तर हाम्रो सोचाइ के छ भने पैसा खर्च गरेर गैसकेपछि कमाउन पर्छ भन्ने छ तर सत्य त्यो हुदैन । त्यसको सत्यता छनौट गरेको स्कुल कलेज र त्यो रहेको स्थानमा भर पर्छ । अवसर पाइञ्छ भने काम गर्दा हुन्छ । हप्तामा २८ घण्टा काम गर्न पाइएपनि काम लाइ समेत सपोर्ट गर्ने स्कुल कलेज छनौट गर्न जरुरि छ ।
  • पढ्नका लागि जान चाहने विद्यार्थीलाई के भन्नुहुन्छ ?
    मा यहि कुरा भन्छु खासमा तपाइँ जाने के को लागि हो , काम गर्न या पढ्न ? त्यसको फाइनल गरेर मात्र अघि बढ्नु हो काम नपाइने होइन तर कुनै कलेज र ठाउ यस्तो हुन्छा कि काम गर्ने खोज्ने नमिल्ने या खोजेर नि नपाइने हुनसक्छ त्यसैले राम्रो ठाउ र कलेजको छनौट गरेर जानु पर्छ र पहिलो काम गर्न जाने हो भन्ने सोचाइ त्यागेर जानुपर्छ अनि भासामा दक्ष हुनु जरुरी छ अहिले एन फाइभ सम्मको बेसिक अध्ययन गरेर मात्र जापानको प्रोसेस गर्नुहुनमा आग्रह गर्दछु । पहिले बिद्यार्थी अनि मात्र कामदार बनेर जानु उपयुक्त हुन्छ ।
  • कत्ति को छ जापान अध्ययनको अवसरहरु ?
    एकदमै छ , प्राक्टिकल बेस्ड एजुकेशन हुनाले त्यो मुलुकमा मात्रै होइन नेपालमा आएर नि केहि गर्छु भन्ने हरुका लागि जापानको अध्ययन फलदायी छ , यो भन्दैमा नेपालमा छैन भन्या होइन तर ब्यबहारिक अध्ययनले नै जापन अघि बढेको अनुभूति हुन्छ ।
  • कत्तिको सहज छ जापानिज भाषा अध्ययन?
    जापानमा अंग्रेजी भाषा खासै प्रयोग नहुने भएकोले यो जापानिज भासा जान्न र बोल्न अत्यावश्यक छ त्यसैले यो भासा प्रारम्भिक चरणमा केहि असहजता हुन सक्ला तर एक हप्ताको क्लास लिएपछि आफुले अल्लि सहज तरिकाले बुझ्न सक्यो भने यो पास गर्न त्यति कठिन छैन , तर मेहनत भने गर्ने पर्छ । अहिले यो कोर्ष एन फाइभका लागि २ वटा किताब छ त्यो बेसिक कोर्ष पुरा गरेपछि आधारभूत ज्ञान हुन्छ अनि सहज अनुभूति हुन्छ ।
  • अभिभावकले के ख्याल गर्नुपर्ला त जापान जाने आफ्ना सन्तानको लागि ?
    पहिलो कुरा हामि जापान जनाको लागि पहिले भासा कक्षा मै केहि पैसा खर्चिएका हुन्छौ, त्यसपछि प्रोसेस र डकुमेण्टेशनकालागि अनि जापान जानका लागि खर्च गर्नुपर्ने हुदा अभिभावक हरुको अहिलेसम्मको सोचाइ के छ भन्दा मेरो सन्तान जापान पुगेको एक दुइ महिनामै पैसा पठाउछ अनि खर्च जोहो गर्छ भन्ने छ तर त्यसो होइन, प्रारम्भिक चरणमा अभिभावकले त्यस्तो सोचाइ राखिदिएर विद्यार्थीको पढाइमा ह्याम्पर पुर्याइदिनु भएन र अर्को कुरा राम्रो कलेज , भाषा प्रसिक्षण केन्द्र अनि सहज किसिमले काम गर्ने मान्यता प्राप्त कन्सल्टेन्सीबाट प्रोसेस गर्नु जरुरी छ ।
  • अब नेपाल सरकारले कस्तो भूमिका खेलिदिए हुन्थ्यो ?
    हुनत हाम्रो मुलुक बिस्तारै निर्भरताको धरातलमा अघि बढ्दै छ त्यो राम्रो कुरा हो, तर दैनिक १७०० युवा बिदेशिनु र देश रेमिट्यान्सले धानिनु अर्को दुखद कुरा हो त्यसैले नेपाल सरकारले बैदेशिक शिक्षा र रोजगारको बिषयमा खुलस्त नीति ल्याएर दुइ देश बिचको सुचना आदान प्रदान लाइ सत्य तथ्यमा आधारित बनाइ बिद्यार्थीलाइ सुसुचित गराउनु जरुरी छ ।