नृत्य शक्ति खुल्ला एकल नृत्य प्रतियोगीताको ग्रान्ड फिनाली साउन २५ मा

106

 

बुटवल ।शिब सुबेदी

नृत्य शक्ति डान्स एण्ड फिटनेश स्टुडियो बुटवल देवीनगरको आयोजना बुटवलमा जारी‘ नृत्यशक्ति खुल्ला एकल नृत्य प्रतियोगीताकोको ग्रान्ड फिनाली यही साउन २५ गते हुने भएको छ । कला केन्द्रले बुटवलमा पत्रकार सम्मेलनका आयोजना गरी साउन २५ गते बुटवल मिलनचोकमा रहेको डोल्से रेष्ट्रो एण्ड बारमा फाईनल प्रतिष्पार्धा हुने जानकारी दिएकोछ ।
स्टुडियोका अध्यक्ष राकेश पि. खत्री(लाहुरे)का अनुसार विभिन्न समयमा  १ सय ५० जनाको प्रतिष्पर्धाबाटबाट १६ जना फाईनलमा प्रवेश गरेका छन । अध्यक्ष खत्रीका अनुसार एकल नृत्यमा  प्रथम स्थान प्राप्त गर्ने व्याक्तिले ४० हजार नगद सहित प्रमाणपत्र र सिल्ड प्रदान गरिने छ । यस्तै द्धितिय स्थान प्राप्त गर्नेले २० हजार, तृतियले १० हजार सान्तवना स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रम संयोजक तथा नृत्य शिक्षक कोमल पाण्डेका अनुसार  साविक लुम्बिनी अञ्चलका विभिन्न जिल्लाहरुबाट उक्त प्रतिष्पर्धामा सहभागी भएका थिए । प्रतियोगीतमा उत्कृष्ठ १६ स्थान प्राप्त गरेका सहभागीहरुलाई एक महिनाको निशुल्क  नृत्य प्रशिक्षण कक्षा समेत प्रदान गरिएको छ । प्रतियोगीता विभिन्न ४ वटा राउन्डमा सञ्चालन गरिएको थियो । निर्णयक संयोजक रेनुका थापाका अनुसार प्रतियोगीताको फाईनलमा करिव ५ सय जनाको सहभागीता  रहने अपेक्षा गरिएको छ । अन्य नृत्य तथा गायन प्रतिष्पर्धामा विभिन्न भोटको नाममा  टिकट विक्रि गर्ने परिपाटी रहेको भन्दै यसमा भने कुनै पनि भोटिङ्ग राउन्ट नराखिएको आयोजकले जनाएका छन् ।
उमेरको कुनै पनि हद कायम नगरिएको प्रतिष्पार्धा खासगरी क्षमतावान नृत्यगंगानहरुको पहिचान गरि उनीहरुको क्षमतालाई प्रष्फुटन गर्नको लागि आयोजना गरिएको  संस्थाका अध्यक्ष खत्रीको भनाई रहेको छ ।
कार्यक्रमा नृत्य शक्ति  डान्स एण्ड फिटनेशन स्टुडियोका अध्यक्ष राकेश टि खत्री(लाहुरे)को अध्यक्षता तथा पत्रकार मोहन पाण्डेको सञ्चालनमा भएको थियो ।