प्रेमगीत ३ को अडिसनमा एउटै ड्रेसमा प्रतियोगी, नायिकाको लागि को भन्दा-को कम

165

मोहन न्यौपाने, बुटवल

रोमान्टिक सिरिज ‘प्रेमगीत’ निर्माण कम्पनी आसुसेन फिल्म प्रोडक्सनले आफ्नो तेश्रो संस्करण ‘प्रेम गीत ३’ को गीत पात्रका लागि अडिसन सुरु गरेको छ । आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट एक महिना अघि आबेदन मागेको थियो ।

२७१४ जना आवेदकहरुबाट टप २५ फाइनल अडिसनका लागि छानिएको थियो । अब २५ जनाको अडिसनपछि एकजना प्रमुख भुमिकाको अभिनेत्री छानिनेछ । २५ जना सुन्दर अभिनेत्री तथा मोडलहरुले गीत क्यारेक्टरका लागी अडिसन दिन सुरु गरेका छन् । दर्शकले धरै देखेका र नदेखेका एक से एक युवतीहरुको होनहार अडिसन रहेको यो नै नेपालको पहिलो फिल्म हो । त्यसो त अडिसनमा आउने सबै कलाकार हुन ईच्छुक युवतीहरुलाई प्रेमगीत ३ को फस्ट लुकमा देखाइए जस्तो ड्रेस आसुसेनले उपलब्ध गराएको देख्दा साच्चिकै अब केहि हुन्छ है नेपाली फिल्ममा भन्ने लाग्दछ ।

अडिसनमा फरक मान्छे, लुक्स र जुरीहरुको प्रश्न सोध्ने तरिका फरक भएपनि गीत भैसके जस्तो आभास दिएको छ ड्रेसले । तर रियल गीत को हुनेछ त्यसको प्रतिक्षा भने हामीले गर्नुनै छ । छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । अहिले एकाएक चर्चा बटुलेका र अडिसनमै ब्यस्त रहेका निर्माता सन्तोषलाइ आफ्नो नया प्रोजेक्टको लेडिज कास्ट खोज्नै समय लाग्ने निश्चित छ । अडिसनमा आएका हरुको लागि धेरै ठाउबाट छनौट गरिदिन फोन आएपनि उनि यो सब जुरी र सबैको सल्लाहमा गीत कै लागि पक्का हुने युवती छानिनु आफ्नो जित मान्छन । यस बारेमा जिज्ञासा राख्दा उनले सामाजिक संजाल मार्फत त्यस्ता फोन गर्ने हरुलाई जवाफ दिइसकेको बताउछन ।

यहि जेष्ठ १९ गते आइतवारदेखि सुरु भएको अडिसनकरिब एक हप्ता सम्म छाने उनको भनाइ छ । आसुसेन को क्रियटिम टिमले हरेक दिन ६–६ जनाको अडिसन लिनेछ भने बिदेशमा रहेकाहरुसँग अन्तिम दिन अलिकति फरक किसिमले अडिसन लिइने निर्देशक छेतेन गुरुङले बताए । निर्माण पक्षले अडिसनमै चलचित्रमा रहने सेटको डिजाईन समेत गरेको थियो । त्यसो त नायक मा प्रदिप खड्का नै हो नि भन्ने प्रश्नमा त्यसको छिट्टै दर्शकले जवाफ पाउने र गीत पछि प्रेम को उदघोस गरिने निर्माता तथा यसै फिल्म बाट निर्देशनमा लागेका सन्तोष सेन बताउछन ।

कलाकार छनौट गर्न चलचित्रकै जस्तो सेट डिजाइन गरेर अडिसन लिने यो शैली यसअघि नेपाली चलचित्र क्षेत्रमा भएको थिएन । चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते नेपालभर प्रदर्शन हुँदैछ ।

तस्बीर तथा भिडियो : आसुसेन फिल्म प्रोडक्सन