अभिनेता अक्षय कुमारले आफ्नो शरीरमा आगो लगाए (भिडियो)

126

मुम्बई। बलिउड चर्चित अभिनेता अक्षय कुमार डिजिटल प्लेटफार्ममा डेब्यू गर्दैछन्। उनी चाँडै एउटा स्टंट बेस्ड शोमा देखिँदैछन्। मंगलबार मुम्बईमा उनले आफ्नो पहिलो वेब शो को लन्च गरे।

सो क्रममा अक्षयले आफूलाई आगोल लगाएर रेम्प वाक गरेर देखाए। अक्षय स्वंयले यो भिडियो शेयर गरेका छन्। उनले लेखेका छन्, ‘ पूरै आगोमा मेरो नयाँ शो ‘द एण्ड’ (वर्किङ टाइटल) का लागि हो। यकिन गर्नुस यो मात्र सुरुवात हो।’ यो वेब कहिले सार्वजनिक हुन्न भन्ने यकिन भएको छैन। भिडियाे: