आलियाले गरिनन् करणका कारण भंसालीको फिल्म

193
बलिउड अभिनेत्री आलिया भट्टले अहिले नै सञ्जय लीला भंसालीसँग काम नगर्ने भएकी छिन् । आलियालाई भंसालीले आफ्नो पिरियड ड्रामा फिल्ममा कास्ट गर्न चाहन्थे तर अब कुरा नमिल्ने देखिएको छ ।
भंसालीले यस फिल्ममा आलियाको ठाउँमा दीपिका पादुकोणलाई साइन गरेको बलिउडमा चर्चा छ । दीपिकाले भंसालीसँग यसअघि ‘गोलियोंकी रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ फिल्म गरिसकेकी छन् ।
आलियाले भंसालीसँग काम नगर्नुको कारण करण जौहर हुन् । उनी करणको फिल्म ‘कलंक’ मा पनि काम गर्दैछिन् । आलिया, भंसालीसँग काम गर्न चाहन्थिन् तर त्यही समयमा करणले आफ्नो फिल्मको घोषणा गरेका थिए ।
अब फ्यानलाई आलिया र भंसालीको फिल्मका लागि लामो समय प्रतिक्षा गर्नु पर्ने भएको छ । यसअघि पनि भंसालीले आलियालाई फिल्म ‘हमारी जान हो तुम’ अफर गरेका थिए, जहाँ उनी बाल दुलही बन्नु पर्ने थियो तर यो फिल्म बनेन ।