सडक सफा गर्ने युवती यसरी रातारात बनिन् सुपरमोडल

148

एजेन्सी। आजको समयमा सामाजिक संजालले कुनै पनि व्यक्तिलाई रातारात स्टार बनाइदिन सक्छ । कोही पनि व्यक्ति आफ्नो विशेषताका कारण तत्कालै निकै चर्चित बन्न सक्छ । यस्तै भयो ब्राजिलकी रिटा माटोजसँग पनि । कुनै बेला रिटा सडकमा कुचो लगाउँथिन् । तर, आज उनी सुपरमोडल बनिसकेकी छिन् ।

रिटा निकै सुन्दर छिन् तर कुनै बेला उनीसँग पैसा थिएन । यही कारण उनलाई आफ्नै गुजारा चलाउन सडकमा कुचो लगाउनुपथ्र्यो । १ दिन २५ वर्षकी रिटा सधैंजसो सडक बढार्दै थिइन् । त्यही बेलामा बसैले उनको फोटो खिचेर इन्टरनेटमा अपलोड गरिदिए । हेर्दाहेर्दै यो फोटो भाइरल भयो । उनको फोटोलाई हजारौंले शेयर गरे । धेरैले यति सुन्दर युवती कसरी सडक सफा गरिरहेकी हुन सक्छिन् भनेर कमेन्ट पनि गरे ।
रिटाका अनुसार उनी आफैंलाई आफू पूरै ब्राजिलभरी चर्चित भइसकेको पत्तै भएन । सुरुमा त मानिसहरुले आफ्नो मजाक उडाइरहेको महसुस भएको तर पछि धेरैले यस्तै भनेपछि आफू उत्साहित भएको उनले बताइन् । सुरुमा रिटालाई यो सबै सपनाजस्तो लागेको थियो । केही समयपछि नै उनलाई मोडलिङका अफरहरु आउन थाले । विस्तारै उनी सफलतातर्फ बढ्दै गइन् । अहिले रिटा एक सफल मोडल बनिसकेकी छिन् ।